काठमाडौं । राष्ट्रिय महिला लिगतर्फ मंगलबार भएको एक मात्र खेलमा चन्द्रपुर नगरपालिका, रौतहटले चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि २–१ को जित निकाल्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरका लागि पहिलो हाफको इन्जुरी समयमा रजनी थोकरले पहिलो गोल गरिन् । त्यस्तै चन्द्रपुरका लागि ६७औं मिनटमा दिल कुमारी राना मगरले दोस्रो गोल थपिन् ।
दोस्रो गोल खाएको एक मिनट लगतै चौदण्डीगढीका लागि मनिता तामाङले गोल फर्काए तापनि टोलीको लगातार ११औं हार भने टार्न सकिनन् । लिगमा मंगलबार तेस्रो जित हात पारेको चन्द्रपुर ९ अंकका साथ लिगतालिकाको छैटौं स्थानमा छ । उता जितविहीन चौदण्डीगढी भने अंकविहीन रुपमा पुछारमा छ ।
लिग अन्तरगत फागुन ५ गते बुधबार दुई खेलहरु हुँदै छन् । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र लिगलिडर सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्नेछन् ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने