News
गत संस्करणको उपविजेता बंगलादेशको पनि विजयी शुरुवात
काठमाडौं । माल्दिभ्समा जारी साफ यु–२० च्याम्पियनसिपतर्फ गत संस्करणको उपविजेता समेत रहेको बंगलादेशले पनि प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
समुह बी तर्फ मंगलबार भएको एक मात्र खेलमा बंगलादेशले पाकिस्तानलाई २–० ले हरायो । नेशनल फुटबल स्टेडियममा भएको खेलमा बंगलादेशले दुवै गोल दोस्रो हाफमा गर्यो ।
बंगलादेशको जितमा रोनन सुलिभान नायक रहे । उनले खेलको ५३ र ७२औं मिनटमा गरेको दुई गोल नै खेलको निर्णायक नतिजा बन्यो । यो जितसँगै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।
समूह बी मा बंगलादेश र पाकिस्तान बाहेक साविक विजेता भारत रहेको छ । समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
Post Comments