News
१५औं खुम्बु ल्होसार कप शुरु, पहिलो दिनको खेल बराबरीमा सकियो
काठमाडौं । महेन्द्र ज्योति एक्स स्टुडेन्टस फोरम, काठकाडौंको आयोजनामा शनिबारदेखि शुरु भएको १५औं खुम्बु ल्होसार कपमा उद्घाटन खेल बराबरीमा सकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आयोजक महेन्द्र ज्योति एक्स स्टुडेन्टस फोरम र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेलदै अंक बाँडेका हुन् । खेलमा पासाङ शेर्पा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २५ गते आइतबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ४० हजार पाउनेछ । फाइनल खेल भने फागुन ३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि