पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत मङ्गलबार अन्तिम सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश प्रहरी र न्यु भानु युवा क्लब प्रतिस्पर्धा गरेका हुन्।
उक्त खेलमा न्यु भानु युवा क्लबले विभागीय टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। भानुलाई जित दिलाउनका लागि खेलको दशौँ मिनेटमा शैलेश बोहराको प्रहारलाई विभागीय टोलीका रक्षापंक्तिका खेलाडी आशाराम चौधरीले रोक्ने क्रममा आफ्नै गोलपोस्टमा गोल गर्न पुगे।
त्यसपश्चात खेलको २४ मिनेटमा फेरि शैलेश बोहराले गोल गर्दै आफ्नो टोलीको अग्रतालाई दोब्बर गरेका थिए। उता विभागीय टोलीका लागि चक्र बलायरले ३२ औँ मिनेटमा गोल गर्दा फेरि भानु युवा क्लबको तर्फबाट पहिलो हाफको अतिरिक्त समयमा सुदीप सुनारले गोल गर्दै जित सुनिश्चित गराए। बाँकी समय दुवै टोलीबाट कुनै पनि गोल नहुँदा सहज जितका साथमा भानु युवा क्लबले आयोजकसँगको भेट पक्का गरेको हो।
अब उपाधिका लागि आयोजक अरनीको युवा क्लब र न्यु भानु युवा क्लब बिहीबार दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- कञ्चनपुरमा तीज महोत्सव फुटबल प्रतियोगिता शुरु
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा