धरान । स्व. अनुपम, आदित्य, दिवस, प्रियन्स, बिक्रम र साइमन स्मृति एन्फा यु–१४ छात्रा फुटबल प्रतियोगिताको उपाधि ज्वालामुखी मावि, धरानले जितेको छ ।
फाइनलमा ज्वालामुखीले भरौल बाल मन्दिर, बराहक्षेत्रलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जितेको हो । एन्फा एकेडेमी धरानको खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा ज्वालामुखी ५–४ ले विजयी बन्यो ।
विजेता बनेको ज्वालामुखीले उपाधिसहित नगद १५ हजार हात पार्दा उपविजेता भरौलले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । भरौल बाल मन्दिरकी मनिषा लिम्बु प्लेयर अफ दि म्याच बनिन् ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक ज्वालामुखीकी निशा परियार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि कुल ७ गोल गरेकी ज्वालामुखीकी सिमरन तामाङले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयुषा कुलुङ राई घोषित भईन् ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए ।
सुनसरी जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको छात्रातर्फ सुनसरी जिल्लाका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- गछिया युवा समाजलाई १६औं इटहरी गोल्डकपको उपाधि
- फराकिलो जितका साथ प्लानिङ ब्वाईज फाइनलमा, उपाधिका लागि गछियासँग भिड्ने