ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा सोमबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा गणेशचोक टिम पॅाचथरले नवज्योती युवा क्लब मेरिङदेनलाई २-० गोलले पराजित गरेसंगै अन्तिम चारको टुङगो लागेको हो ।
गणेशचोकको जितका लागि विश्व लिम्बु र समिर गुरूङले एक एक गोल गरे । खेलको प्लेर अफ दि म्याच गणेशचोकका विश्व लिम्बु घोषित हॅुदै एक हजार प्राप्त गरे।
प्रतियोगिताका दुबै सेमिफाइनल खेलहरू कार्तिक ११ गते मंगलबार हुने खेल तालिका रहेको छ । पहिलो सेमिफाइनल दिनको १२ः३० बजे जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघु ताप्लेजुङ र जिरिखिम्ति युथ क्लब तेह्रथुम बिच हुनेछ ।
दोस्रो सेमिफाइनलमा २ः३० बजे साथिभाइ सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङ र गणेश चोक याङवरक पॅाचथर प्रतिस्पर्धा गर्नेछन ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि