News ३१औं ज्ञान कार्निभलः ज्ञानोदयको विजयी सुरुआत
गोलनेपाल

काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।

ललितपुरको खोकनास्थित घरेलु मैदानमा ज्ञानोदयले मल्पीलाई ४–१ गोलले पराजित गर्यो । ज्ञानोदयका प्रकाश थापा, आरुस खड्का, जमेश लामा र आहान प्रधानले समान १–१ गोल गरे । मल्पीका स्पन्डन खड्काले सान्त्वाना गोल फर्काए ।

प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिईन् ।

कार्निभलमा ३ खेल समावेश छन् । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी छन् । ब्वाइज फुटबलमा ५ टिमले भाग लिएका छन् । नेटबलमा ४ गल्र्स टिमको सहभागिता रहेको छ ।

Post Comments