
काठमाडौं । सबिता राना मगरले ह्याट्रिक गरेपछि राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका, रौतहटले पहिलो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई ७–१ ले हरायो ।
चन्द्रपुरको जितमा सबिता राना मगर बाहेक दिल कुमारी रानाले दुई गोल गरिन् । त्यस्तै रजनी थोकर र सुनिता भोलनले एक–एक गोल गरिन् । उता पराजित चौदण्डीगढीका लागि अन्जना थुलुङले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् । प्लेयर अफ द म्याच चन्द्रपुरकी ह्याट्रिककर्ता सबिता राना मगर घोषित भएकी थिईन् ।
प्रतियोगिता अन्तरगत मा १३ गते मंगलबार दुई खेलहरु हुँदै । पहिलो खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिका, स्याङ्जासँग खेल्नेछ भने दोस्रो खेलमा दुई दावेदार टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।
(तस्विरः एन्फा)
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय