काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार साविक विजेता चर्च ब्वाईज युनाइटेड, न्युरोडटिम (एनआरटी) र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलमा जित हात पारका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पा क्लबलाई २–० ले हरायो । यो नतिजापछि ११ खेलबाट २० अंक जोडेको चर्च ब्वाईज छैटौं स्थानमा छ । पराजित शेर्पा भने १४ अंकका साथ नवौं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० को जित हात पार्यो । यो जितपछि ११ खेलबाट १२ अंक जोडेको एनआरटी लिगतालिकाको दशौं स्थानमा छ । पराजित सातदोबाटो भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ ।
त्यसैगरी मंगलबार नै भएको अन्तिम खेलमा जावलाखेलले शिर्षताको होडमा रहेको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । यो जितपछि जावलाखेल ११ खेलबाट १६ अंकका साथ आठौं स्थानमा छ । पराजित मच्छिन्द्र भने २३ अंकका साथ तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने २८ अंक जोडेको पुलिस रहेको छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि