News
एएफसी यु-२० महिला एसियन कप छनौट: साउदीमाथी उत्तर कोरियाको गोलबर्षा
काठमाडौं । बुधबारदेखि भुटानमा शुरु भएको एएफसी यु-२० महिला एसियन कप छ्नौटतर्फ नेपालकै समुहमा रहेको डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले फराकिलो जितका साथ प्रतियोगितामा विजयी शुरूवात गरेको छ ।
थिम्पुमा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथी १५-० को एकतर्फी जित हात पारेको हो । समूह चरणको दोस्रो खेलमा उत्तर कोरियाले ८ अगस्तका दिन आयोजक भुटानसँग खेल्नेछ भने सोही नेपालले साउदी अरेबियाको सामना गर्नेछ ।
स्मरण रहोस, छ्नौट प्रतियोगिता अन्तर्गत नेपालले आजै हुने आफ्नो पहिलो खेलमा आयोजक भुटानको सामना गर्दैछ । जुन खेल नेपाली समय अनुसार ५:४५ बजे शुरु हुनेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट