News
एन्फा युथ लिग: एपिएफको तीन गोल, तीन अंक
काठमाडौं । जारी एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली एपिएफ फुटबल क्लबले सोमबार पहिलो खेलमा उत्कृष्ट जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा एपिएफले प्लानिङ ब्वाईज युनाइटेडलाई ३-० को अन्तरले पराजित गर्यो । एपिएफको जितमा आदर्श मेचेले दुई गोल गर्दा थप एक गोल बिपिन छन्त्यालले गरे ।
यो जितपछी ११ खेलमा १९ अंक जोडेको एपिएफ लिगतालिकाको छैठौं स्थानमा छ । पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ १३औं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि