काठमाडौं । एन्फा यु–१६ युथ फुटबल प्रतियोगितातर्फ विभागीय टोली एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले एनआरटीलाई शून्यका विरुद्ध १ गोलको अन्तरले हरायो । यो जितपछि ८ खेलबाट १५ अंकजोडेको एपिएफ शिर्ष तीन कै होडमा छ । उता पराजित एनआरटीको खातामा भने ५ अंक छ र पुछारतिरै संघर्षरत छ ।
बिहीबार नै भएको अर्को खेलमा मच्छिन्द्रले संकटा फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । यो जितपछि ८ खेलबाट १७ अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा भने १८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
त्यस्तै तेस्रो खेलमा जावलाखेलले प्लानिङ ब्वाईज युनाइटेडलाई ६–३ को अन्तरले हरायो । यो जितपछि ८ खेलबाट १० अंक जोडेको जावलाखेल लिगतालिकाको नवौं स्थानमा छ । उता पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ ११औं स्थानमा छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि