बुटवल । “युवा एकता समाजको समृद्धता“ नारासहित खेलकुद र सामाजिक कार्यलाई प्राथमिकतामा राखेर रुपन्देहीमा स्थापना भएको फुलबारी गाईज, बुटवलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आठौ बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल स्थित रक्तसञ्चार सेवा केन्द्र, बुटवलमा सम्पन्न भएको बृहत रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रमेश रेश्मी मगरले जानकारी दिए ।
क्लबका अध्यक्ष, सामाजियक अभियन्ता तेजु राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उप–महानगरपालिकाका प्रवक्ता तथा वडा न.१५ वडा अध्यक्ष, युवा समाजसेवी, खेल अभियन्ता शिव राना मगरको प्रमुख आतित्थ्यता रहेको थियो ।
सो अवसरमा क्लबका संरक्षक यम प्रसाद गलामी, सल्लाकार हसन्त लामा, समाजसेवी दिपक खड्की, सुनिल गुरुङ्ग र नवीन गुरुङ लगायत क्लबका अन्य पदाधिकारी र शुभेच्छुकहरुको पनि उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रम सफल गराउन सहयोग गर्ने सबै सहयोगी तथा शुभेच्छुकहरुप्रति क्लबका अध्यक्ष तेजु राना मगरले आभार र धन्यवाद समेत प्रकट गरे । साथै उनले यस किसिमका सामाजिक कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने समेत सुनाए ।
स्मरण रहोस, फुलबारी गाईज, बुटवलले सामाजिक कार्यसँगै रुपन्देहीको खेलकुद क्षेत्रमा पनि आफूलाई उत्तिकै सक्रिय राखेको छ । क्लबले फुटबल, फुटसल प्रतियोगिता आयोजना गर्नुका साथै सहभागिता समेत जनाउँदै आएको छ । साथै क्लबले विभिन्न प्रतियोगिताहरुमा उपाधिसहित सफलता समेत हासिल गरेको छ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने