काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य तथा स्टार मिडफिल्डर प्रिती राईले पनि विदेशी क्लबबाट व्यवसायीक फुटबल खेलने भएकी छिन् ।
प्रितीले जोर्डन वुमन्स प्रो लिग च्याम्पियन इतिहाद क्लबका लागि व्यवसायीक फुटबल खेल्ने भएकी हुन् । प्रिती इतिहाद क्लबमा अनुवन्ध भएको कुरा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले पनि जानकारी दिए । योसँगै प्रितीले विदेशी लिग खेल्ने पक्का भएको छ ।
सन् २०२३ र २०२४ को जोर्डन महिला लिग च्याम्पियन समेत रहेको इतिहादले अगस्तमा शुरु हुन गईरहेको एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा समेत छ । समूह सी मा रहेको इतिहादले आयोजक मलेसियाको केलना युनाइटेड, सिंगापुरको लायन सिटी सेलर्स र किर्गिस्तानको एफसी एसियागोलसँग खेल्ने कार्यक्रम छ ।
त्यसो त प्रितीले क्लब फुटबल खेल्दै आएको टोली एपिएफ पनि एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता खेल्दैछ । समूह बी मा रहेको एपिएफले थाइल्याण्डको कलेज अफ एसियन स्क्लर्स, घरेलु टोली उज्वेकिस्तानको नसाफ र साउदी अरेबियाको अल नासरसँग खेल्ने कार्यक्रम छ ।
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा