News
चौथो रियाद कपको तयारी पूरा (खेलतालिकासहित)
काठमाडौं । साउदी अरेबियामा नेपाली समुदायद्वारा स्थापित रियाद फुटबल क्लबको आयोजनामा यही जुन ५ र ६ तारीखका दिन हुन गईरहेको चौथो रियाद कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
रियाद स्थित रबिया हस्पिटल नजिकको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिकक गरिएको छ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल र समापन जुन ६ तारीख कै दिन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार साउदी रियाल हात पार्नेछ भने उपविजेताले ३ हजार साउदी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश