हालान्ड निर्णायक बन्दा नर्वे प्रिक्वाटरफाइनलमा
काठमाडौं (एजेन्सी) । स्टार स्ट्राइकर इर्लिङ हालान्ड निर्णायक बन्दा नर्वे जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नर्वेले नकआउट चरणतर्फको खेलमा आइभरी कोस्टलाई २–१ को अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा अग्रता पनि नर्वेले नै लिएको थियो । ३९औं मिनटमा एन्टोनियो नुसाको गोलबाट अग्रता बनाएको नर्वेले त्यसलाई पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।
उता ७४औं मिनटमा अमद डियालोले आइभरी कोस्टका गोल गर्दै खेललाई रोमाञ्चक बराबरीका ल्याए । तर, अफ्रिकी टोलीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । खेलको ८६औं मिनटमा इर्लिङ हालान्डले गोल गर्दै नर्वेको रोमाञ्चक जित पक्का गरे ।
नर्वेले अब प्रिक्वाटरफाइनलमा आउँदो जुलाई ५ तारीखका दिन पाँचपल्टको विश्व च्याम्पियन ब्राजीलको सामना गर्नेछ ।
Post Comments