दिपनगर । चरङे युथ क्लब (सिवाइसी) र ब्रदर्श सकर क्लब रुपन्देहीमा जारी नव एकता कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
तिलोत्तमा–८ स्थित जन भावना माविको खेलमैदानमा भएको पहिलो खेलमा चरङेले कालिकासस्थान एफसीलाई ३–० ले हरायो । चरङेको जितमा प्रबिन रन्जितकारले दुई गोल गर्दा थप एक दिपेश परियारले गरे । खेलमा चरङेका प्रविन रन्जितकार म्यान अफ द म्याच बने ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा ब्रदर्श सकरले बिएफसी, देवदहलाई १–० ले पराजित गर्यो । खेलमा ब्रदर्श सकरका लागि सन्तोष कार्कीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता ब्रदर्शका सन्तोष कार्की नै प्लेयर अफ द म्याच बने ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।