ब्राजील प्रिक्वाटरफाइनलमा, जापानको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पाँचपल्टको विश्व विजेता ब्राजील रोमाञ्चक जितका साथ जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार अबेर राती सम्पन्न खेलमा ब्राजीलले जापानमाथि २–१ को पूनःरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । खेलमा शुरुवाती अग्रता भने जापानले नै लिएको थियो ।

खेलको २९औं मिनटमा काइशु सानोले जापानका लागि सुन्दर र शुरुवाती गोल गरेका थिए । पहिलो हाफसम्म त्यो अग्रता जापानले कायम पनि राख्यो । तर, दोस्रो हाफको ५६औं मिनटमा क्यासेमिरोले ब्राजीलका लागि बराबरी गोल फर्काए । रोमाञ्चक बनेको खेलको अन्तिमतिर इन्जुरी समयमा ग्याब्रिल मार्टिनेलीले दोस्रो तथा निर्णायक गोल गर्दै ब्राजीलको रोमाञ्चक जित पक्का गरेका थिए ।

ब्राजीलले अब प्रिक्वाटरफाइनलमा जुन ३० तारीखका दिन हुने अन्तिम ३२ को खेलमा आईभरी कोस्ट र नर्वे बीचको विजेतासँग भिड्नेछ ।

 

Post Comments