Gorkhalis Abroad तेश्रो सीएफसी खुल्ला फुटबल प्रतियोगिता दोहा कतारमा सुरु
गोलनेपाल

हाम्रो खेलकुद हाम्रो स्वस्थ भन्ने मूल नारा सहित हिजो ६ डिसेम्बर २०२४ मा दोहा कतारमा सुरु भएको तेश्रो सीएफसी खुल्ला फुटबल प्रतियोगिता, एक भव्य उद्घाटन समारोहसँगै आधिकारिक रूपमा आरम्भ भएको छ। प्रतियोगिताको उद्घाटन नेपालका नवनियुक्त महामहिम राजदूत श्री रमेशचन्द्र पौडेलको प्रमुख आथित्यतामा भएको थियो।

कार्यक्रममा कल्बका अध्यक्ष देव नारायण चौधरी, विशेष अतिथि MOHAMMADUL HASAN - जनरल म्यानेजर, Al Barkiya & Salik, अनिल मगर (QN खबर), बिजय सेवा e-सेवा, रमेश भट्ट (NRNA NCC कतारका अध्यक्ष), रमेश केसी (NRNA NCC कतारका खेलकुद संयोजक), बिष्णु कार्की (Founder of Think Positive Foundation) लगायत अन्य सहभागी टिमका म्यानेजर र क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

उद्घाटन खेलमा आयोजक 'रातो' ले लम्जुङ क्लबलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो। यस खेलमा बिबस राईले ह्याट्रिक गर्दै ४ गोल गरेका थिए भने नबिन महतोले २ गोल, विकास बरालले १ गोल र हिक्मेन लिम्बुले १ गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच भने बिबस राई घोषित भएका थिए।

त्यसैगरी, दोस्रो खेलमा NRNA FC ले CCC लाई ३-२ गोलले हराउँदै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न सफल भयो। यस खेलमा NRNA FC का सेश राज महतले २ गोल र श्री गुरुङले १ गोल गरे। CCC का तर्फबाट राजु बिक र कृष्ण थापाले १-१ गोल गरेका थिए। NRNA FC का सेश राज महतलाई म्यान अफ द म्याच चयन गरिएको थियो।

प्रतियोगिताको प्रमुख रेफ्रीको भूमिका निकेस थापाले निभाएका थिए भने सहायक रेफ्रीका रूपमा विकास बराल, त्रिभुवन चौधरी, सुरेस लामा, धिरज ठकुरी र म्याच कमिशनरको रूपमा कमल गिरिले कार्य गरेका थिए।

आयोजकले जानकारी दिएका अनुसार आगामी १३ डिसेम्बर २०२४ मा २ खेल हुँदैछन्, जसमा Batteel's FCRaslafan FC बीच खेल हुनेछ भने आयोजक निलोGulf Asia Raslaffan FC बीच अर्को खेल हुनेछ।

यस प्रतियोगिता अन्तर्गत १० जनवरी २०२५ मा फाइनल खेल हुनेछ, जसमा पहिलो हुने टिमलाई कतारी रियल ६६६६ र दोस्रो हुने टिमलाई कतारी रियल ४४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। साथै, हरेक विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

अर्को आकर्षण भनेको हरेक खेलको म्यान अफ द म्याचलाई कान्तिपुर हस्पिटल द्वारा फ्री हेल्थ चेकअप प्रदान गरिने छ।

Post Comments