
काठमाडौं । फेवा फुटबल क्लब, सिड्नीको आयोजनामा अष्ट्रेलियामा रहेका नेपाली समुदायको क्लबहरु सम्मिलित पाँचौं ग्रेस तालबाराही कपको उपाधि यति फुटबल क्लब, मेलबर्नले जितेको छ । यतिले खुलातर्फ र ३५ वर्ष माथि उमेर समहूको दुवै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
खुलातर्फको फाइनलमा यतिले आयोजक फेवालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमायो । यतिको जितमा फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिएका किरन लामाले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै ३५ वर्ष माथि उमेर समूहको भेट्रान फुटबलतर्फ फाइनल भिडन्तमा यतिले पारा पार्कलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भयो ।
ग्रेस इन्टरनेशनल एजुकेशन, माइग्रेशनको मूख्य प्रायोजन रहेको प्रतियोगिताको खुलातर्फ विजेता बनेको यतिले उपाधिसहित नगद ५,५०० अष्ट्रेलियन डलर हात पार्यो भने उपविजेता फेवाले २५०० सहित ट्रफी, मेडल प्राप्त गर्यो ।
त्यस्तै ३५ वर्ष माथिको भेट्रानतर्फ विजेताले उपाधिसहित २५०० अष्ट्रेलियन डलर हात पार्यो भने उपविजेताले १२०० डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त