Gorkhalis Abroad
युएईमा गोर्खाली च्यालेञ्ज कप हुँदै

काठमाडौं । रोयल अबुधाबी एफसी र नखिल गुर्खाज एफसी, युएईको आयोजनामा आउँदो सेप्टेम्बर ७ तारीखका दिन नेपाली समुदायहरु बीच खुला गोर्खाली च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
अबुधाबी स्थित अल धफ्रा स्पोर्टस एण्ड कल्चरल क्लबमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८०० युएई दिराम तोकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५००० युएई दिराम हात पार्नेछ भने उपविजेताले ३००० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै उत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद ५० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त