रोयल आइक्याडलाई लमजुङ नखील रेखा कपको उपाधि

काठमाडौं । नेपालकी अन्तर्राष्ट्रिय महिला खेलाडी रेखा पौडेलको सम्मानमा आयोजित प्रथम लमजुङ नखील रेखा कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि रोयल आइक्याड फुटबल क्लबले जितेको छ ।
अबुधाबीमा सम्पन्न फाइनलमा रोयल आइक्याडले नखील गुर्खाज फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ को रोमाञ्चक बराबरीमा टुंगिएपछि टाईब्रेकरमा रोयल आइक्याड ३–२ ले विजयी बनेको हो ।
नखील गुर्खाज फुटबल क्लब र लमजुङ फुटबल क्लब, युएईको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा युएईमा रहेका कुल १२ नेपाली कम्युनिटी क्लबहरुले सहभागिता जनाएका थिए ।
Post Comments