कस्ले जित्ला उपाधि पुलिस कि ब्ल्याक बुल्स ?
उमेश पुन

पोखरा । प्रतिष्ठित २४औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भोलि शनिबार हुदैछ । उपाधिका लागि नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी बीच प्रतिस्पर्धा हुदैछ ।

फाइनलका लागि दुबै टिम तयार छन् । दुबै टिम उपाधि जित्ने योजनामा छन । नेपाल पुलिस पोखराको मैदानमा सातौ पटक उपाधि जित्ने र बिदेशी टिम पहिलो सहभागीता मै उपाधि जितेर नयाँ च्याम्पियन बन्ने योजनामा छ ।

फाइनलको अघिल्लो दिन शुक्रबार प्रतियोगिताको ट्रफि सहित दुबै टिमका प्रशिक्षक र कप्तान पोखरा रंगशालामा सँगै देखिए । दुवै टोली उपाधिका लागि आफ्नै दावेदारीता पेश गर्न समेत तयार देखिए । यद्यपि उपाधि कस्ले जित्छ भन्ने शनिबार दिउसो हुने फाइनल खेलले टुंगो लाग्नेछ ।

Post Comments