ANFA
तेस्रो नेपाल सुपर लिगमा सात टोलीहरुले मात्र खेल्ने

काठमाडौ । यस वर्षको प्रतिष्ठित तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा कुल सात टोलीहरुले मात्र सहभागिता जनाउने भएका छन ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का अनुसार यस सिजन बिरगंज र इलामले नखेल्ने भएका हुन । योसँगै लिगमा यसपटक झापा एफसी, ललितपुर सिटी एफसी, काठमाडौ रेजर्स, धनगढी सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले मात्र सहभागिता जनाउने छन ।
लिगको अक्सन यही फागुन १० गते हुँदैछ । नेपाल सुपर लिग भने आउँदो चैत्र १६ गतेदेखी शुरु हुने आयोजकले जनाएको छ । साथै प्रतियोगिता यश सिजन पोखरामा पनि हुने बताइएको छ ।
Post Comments
Related News
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै
- ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक
- बुद्ध माबिलाई दोस्रो गोदावरी अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
- गोदावरीमा दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा
- ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन क्लबहरूलाई नगद सम्मान