ANFA इलाम एफसी युके भेट्रान र बरमेक नामफिङ्ग सिक्किम सेमिफाइनलमा
गोलनेपाल

राजारानी । दुई पाहुना टोलीहरु इलाम एफसी युके भेट्रान, लण्डन र बरमेक नामफिङ्ग सिक्किम भेट्रान, भारत यहाँ जारी प्रथम हाम्रो राजारानी कप अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलतर्फ इलाम एफसी युकेले धरान भेट्रान, सुनसरीलाई ३–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । इलामका लागि नरेन्द्र मणि लिम्बुले दुई गोल गरे भने बिशाल राईले थप एक गोल गरे । उता पराजित धरानका लागि अशोक लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका इलामका इन्द्र मणि लिम्बु म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दिनको दोस्रो तथा चौथो क्वाटरफाइनलतर्फ अर्को पाहुना टोली बरमेक नामफिङ्गले दुधे भेट्रान, दुधे, झापालाई २–१ ले हरायो । बरमेकको जितमा प्रबिन क्षेत्री र माइकल लेप्चाले गोल गरे । पराजित दुधेका लागि दिपेन गिरीले एक मात्र गोल फर्काएका थिए । खेलमा बरमेक नामफिङ्गका माइकल लेप्चा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक २९ गते बिहीबारको पहिलो सेमिफाइनलमा हाम्रो इटहरी भेट्रान, सुनसरी र इलाम एफसी युके भट्रान, लण्डन बीच हुनेछ भने सोही दिन दोस्रो सेमिफाइनल खेलमा हाम्रो राजारानी भेट्रान, धनकुटा र बरमेक नामफिङ्ग सिक्किम भेट्रान, भारतबीच हुने आयोजकले जानकारी दियो ।

हाम्रो राजारानी भेट्रान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको समापन कार्तिक ३० गतेका दिन हुनेछ ।

Post Comments