काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा स्ट्राइकर तथा त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा पदोन्नति भएका छन्।
नेपाली सेनाले भरत खवासलाई सह–सेनानी (क्याप्टेन) बाट नियमित प्रक्रियामार्फत मेजरमा बढुवा गरेको हो।
रोचक पक्ष, खवासले आफ्नो नयाँ पदको दर्ज्यानी चिन्ह सैनिक मुख्यालय वा ब्यारेकमा नभई विपद् व्यवस्थापनको उद्धार मैदानमै लगाएका छन्। गत भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएकै स्थानमा उनलाई मेजरको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
राष्ट्रिय टोलीमा लामो समय अग्रपङ्क्तिको जिम्मेवारी सम्हालेका खवासले नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल करियर सुरु गरेका थिए। पछि नेपाली सेनामा प्रवेशका क्रममा खुला प्रतिस्पर्धाबाट अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए।
सेनाभित्र अनुशासित र मिहिनेती अधिकृतको परिचय बनाएका खवासले मैदानमा भने त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय टोलीलाई थुप्रै सफलता दिलाएका छन्।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन