नव एकता कपः आयोजकको दुवै टोली क्वाटरफाइनलमा
गोलनेपाल

दिपनगर । रुपन्देहीमा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत आयोजकको दुवै टोली नव एकता युवा क्लब (हरियो) र नव एकता युवा क्लब (रातो) क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार दिनको पहिलो खेलमा नव एकता (हरियो) ले वाकओभरमा जित निकाल्यो । विपक्षी टोली योङ ब्वाईज निर्धारित समयभित्र मैदानमा उपस्थित नभएपछि आयोजक नव एकता (हरियो) लाई विजयी घोषित गरिएको खेल संयोजक निरज पुनले जानकारी दिए ।

त्यस्तै दोस्रो खेलमा आयोजक नव एकता (रातो) ले सतगढी एफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि आयोजक नव एकता (रातो) टाईब्रेकरमा विजयी बन्यो । खेलमा नव एकता (रातो) कै संगीत थापा म्यान अफ द म्याच बने ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments