ANFA
पुलिसलाई प्रथम पोखरा महिला गोल्डकपको उपाधि
पोखरा । प्रथम पोखरा महिला गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
पोखरा रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा पुलिस ५–४ ले विजयी बन्दै उपाधि जित्न सफल भएको हो । विजेता बनेको पुलिसले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता आर्मीले ३ लाखमा चित्त बुझायो ।
विधागततर्फ पुलिसकी निर्मला बिक प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भईन । उत्कृष्ट गोलरक्षक पुलिस कै उषा नाथ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि पुलिस कै रेखा पौडेलले हात पारिन् । त्यस्तै अनुशासित टोली आयोजक आरएस पोखरा फुटबल क्लब बन्दा फाइनल खेलको प्लेयर अफ द म्याच समिक्षा घिमिरे बनिन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै