ANFA महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा तामाङ र थापा नियुक्त
गोलनेपाल

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा राजेन्द्र तामाङ र भगवती थापा नियुक्त भएका छन ।

त्यस्तै गोलकिपिङ प्रशिक्षकमा सुरज कुमार लामा रहँदा टिम म्यानेजरमा बिन्द्रा देवान नै यथावत छिन ।

त्यस्तै टिम डाक्टरमा एलिशा राई र टिम फिजियोथेरापिस्टमा शिला गिरी नियुक्त भएका छन । त्यसैगरी कीट म्यानेजरमा बिकास गुरुङ नियुक्त भएका छन ।

नियुक्त भएका सबैलाई सातदोबाटो स्थित एन्फा मुख्यालयमा एन्फा महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, टोलीको मुख्य प्रशिक्षकमा पहिलोपटक विदेशी प्रो लाईसेन्स प्रशिक्षक प्याट्रीक डि विल्डे नियुक्त भईसकेका छन ।

Post Comments