
हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको मंगलबार भएको सेमीफाईनल खेलहरुबाट जित निकाल्दै वडा न ३ र वडा नं ७ फाईनलमा प्रबेश गरेका छन ।
मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा वडा न ३ ले वडा न १५ लाई २–० गोल अन्तरले पराजित गरेर फाईनल प्रबेश गरेको हो । खेलमा बिजयी टिमका खेलाडी निरब घलान र बिजय दोङले एक एक गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका निरब घलान खेलको म्यान अफ द म्याच घोषित भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
त्यसैगरी मंगलबार नै भएको दोस्रो सेमीफाईनल खेलमा वडा न ७ ले वडा नं १ लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरि फाईनलमा प्रबेश गरेको हो । निर्धारित समय सम्म दुबै टोलीबाट दुई दुई गोलको बराबरीमा खेल सकिएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको हो । निकैनै प्रतिसप्रधात्मक खेलमा वडा नं ७ का रोशन दोङ खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल