News
एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल

काठमाडौं । एसियाली फुटबल महासंघले सोमबार निकालेको ड्र अनुसार अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह ए मा परेको छ ।
अगस्त २ देखि १० तारीखसम्म भुटानमा हुने छनौट प्रतियोगितामा समूह ए तर्फ नेपाल र आयोजक भुटानसँगै साविक विजेता उत्तर कोरिया, मंगोलिया र साउदी अरेयिबा रहेका छन् ।
छनौट प्रतियोगितामा सहभागि कुल ३३ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली सोझै एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् । त्यस्तै उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरु पनि अन्तिम चरणका लागि छनौट हुने छन् ।
स्मरण रहोस, गत संस्करणको उपाधि उत्तर कोरियाले जितेको छ । फाइनलमा उत्तर कोरियाले जापानमाथि २–१ को जित निकाल्दै दोस्रोपटक उपाधि जित्न सफल भएको थियो ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल: एपीएफ फुटबल क्लबलाई उपाधी
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि