तेस्रो मिल्स भेट्रान्स गोल्डकप शुरु
गोलनेपाल

विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उद्घाटन दिनको पहिलो खेलमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान र युनाइटेड भेट्रान्स फुटबल क्लब विराटनगरले ०-० को बराबरी नियमित समयमा खेलेका थिए र पेनाल्टी सुटआउटमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब ४-२ को अन्तरले युनाइटेड भेट्रान्स फुटबल क्लब विराटनगरलाई हराउँदै नेक्स्ट राउन्डमा प्रवेश गरेको छ।

पहिलो खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान का गोलकिपर विकास लामा भएका छन्। त्यसैगरी दोस्रो खेलमा कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापाले २–० को अन्तरले Morning  भेट्रान्स फुटबल क्लब खाटखोला विराटनगर लाई हराउँदै नेक्स्ट राउन्डमा पुग्न सफल भएको छन्। दोस्रो खेलको म्यान अफ दि म्याच कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापा का दीपक गिरी भएका छन् ।

Post Comments