तुल्सी । दल्का एफसी रुपन्देहीमा जारी चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ दल्काले लिस्नु एकेडेमीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा दल्काका गोलरक्षक बिशाल थारु प्लेयर अफ द म्याच चुनिए ।
त्यस्तै बिहीबार नै दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जस अन्तर्गत ब्रदर सकर एफसीले अमुवा एफसीलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । खेलमा ब्रदर सकरका समिर नेपाली प्लेयर अफ द म्याच बने ।
अर्को प्रिक्वाटरफाइनलमा सम्झना परिवारले तिलोत्तमा लुम्बिनी एफसीलाई ४–० को अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो । खेलमा सम्झना परिवारका निखिल नेपाली प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत कार्तिक १३ गते शुक्रबार अन्तिम तीन क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।
दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।
- गैंडाकोट च्याम्पियनसिप कपमा ८ टोली, रु. ५ लाख ५ हजार ५ सय ५५ पुरस्कार राशिको घोषणा
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि