लमजुङ । विजयादशमी २०८३ को अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, तल्लो चिप्लामा पाँचौँ लालीगुराँस खुल्ला स्तरीय फुटबल कप–२०८३ आयोजना हुने भएको छ।
लालीगुराँस युथ क्लब, तल्लो चिप्लाको आयोजनामा हुने प्रतियोगितामा विभिन्न स्थानका फुटबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको उद्घाटन खेल असोज ३० गते बिहान ११ बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १ हजार ५०० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट टिम कोच तथा टिम म्यानेजरलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि टिम दर्ता असोज २५ गतेदेखि असोज २९ गतेसम्म गर्न सकिनेछ। दर्ता शुल्क रु. ८ हजार तथा थप रु. १ हजार रहेको छ। प्रतियोगितामा ७ जना खेलाडी + ३ जना वैकल्पिक गरी १० जनाको टोली सहभागी हुन सक्नेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ९८६९२६०३९९, ९८४६३०१६२७ र ९८४०३८१४७४ मा सम्पर्क गरी टिम दर्ता गर्न सक्नेछन्।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
- तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत्र २५ देखि