बुढीगंगामा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु, वडा नम्बर ६ को विजयी शुरुवात
गोलनेपाल

बुढीगंगा । बुढीगंगा गाउँ युवा परिषद्, बुढीगंगा, मोरङको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रथम वडास्तरीय नकआउट फुटबल प्रतियोगितामो वडा नम्बर ६ ले विजयी शुरुवात गरेको छ ।

बुढीगंगा–६ स्थित सुक्चौर खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर ३ लाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । वडा नम्बर ६ का लागि सागर चौधरीले एक मात्र निर्णायक गोल गरे ।

वडा नम्बर ६ का निर्णायक गोलकर्ता सागर चौधरी नै म्यान अफ दि म्याच चुनिए । यो जितसँगै वडा नम्बर ६ सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

यही असार २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments