सिमिकोट । हुम्ला फुटबल एकेडेमीको आयोजनामा सम्पन्न भएको यु–१३ र यु–१७ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि क्रमशः कैलाश बोधी बोर्डिङ स्कुल र बाल मन्दिर सेकेण्डरी स्कुलले जितेको छ ।
यु–१३ तर्फको फाइनलमा कैलाश बोधीले बाल मन्दिर स्कुललाई हराउँदै उपाधि जित्न सफल भयो । विजेता बनेको कैलाश बोधीले उपाधिसहित १०,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बाल मन्दिरले नगद ५,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै यु–१७ तर्फको फाइनलमा बाल मन्दिर सेकेण्डरी स्कुलले मानसरोवर हाई स्कुललाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो । विजेता बनेको बाल मन्दिरले उपाधिसहित नगद ५०,१११ रुपैयाँ हात पार्यो भने उपविजेता मानसरोवरले ३०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
कर्णाली प्रदेश खेलकुद विकास समिति, कर्णाली प्रदेश फुटबल संघ तथा सिमकोट गाउँपालिका, हुम्लाको सह–आयोजनामा लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा यु–१७ तर्फ पाँच र यु–१३ तर्फ चार गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने