Province 7
जुम्लामा सात दिने एन्फा रेफ्री कोर्ष शुरु
काठमाडौं । जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जुम्लामा सात दिने कर्णाली प्रदेशस्तरीय एन्फा रेफ्री कोर्ष शुरु भएको छ ।
कोर्ष कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी संघीय सभा सदस्य कन्तिका सेजुवालले गरे । सो अवसरमा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुद थापा लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा शुरु रेफ्री कोर्षमा ३३ महिला र ३ पुरुष गरि कुल ३६ प्रशिक्षार्थीहरु सहभागी रहेको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत थापाले बताए ।
Post Comments
Related News
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन