Province 4
प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
गैंडाकोट । गैंडाकोट नगरपालिकामा फुटबल खेलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गैंडाकोट फुटबल क्लब र गैंडाकोट नगर खेलकुद विकास समितिबीच पहिलो चरणको सकारात्मक छलफल सम्पन्न भएको छ।
छलफलमा "गैंडाकोटमा फुटबलको विकास तथा प्रथम गैंडाकोट च्याम्पियनसिप कप २०८३" आयोजना गर्ने विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। स्थानीय स्तरमा फुटबलको आधार बलियो बनाउने, प्रतिभावान खेलाडीहरूको पहिचान तथा प्रोत्साहन गर्ने र गैंडाकोटलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
दुवै पक्षले प्रतियोगितालाई सफल बनाउन आवश्यक समन्वय, योजना तथा सहकार्यलाई आगामी चरणमा थप प्रभावकारी बनाउँदै लैजाने सहमति गरेका छन्।
गैंडाकोटमा फुटबलको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित सुरु भएको यस पहलले स्थानीय खेलाडी, खेलप्रेमी तथा समग्र खेलकुद समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा