एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
गोलनेपाल

ललितपुर । नखिपोट फोक्सको आयोजनामा भाद्र १९ र २० गते सञ्चालन भएको प्रथम नखिपोट फोक्स महिला फुटसल कप २०८३ को उपाधि एसपिडब्लुजे (ए) ले जितेको छ।

आज सम्पन्न फाइनल खेलमा एसपिडब्लुजे (ए) र एसपिडब्लुजे (बी) बीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एसपिडब्लुजे (ए) ले एसपिडब्लुजे (बी) लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

उपाधिसँगै एसपिडब्लुजे (ए) ले नगद रु. १ लाख १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, उपविजेता एसपिडब्लुजे (बी) ले नगद रु. ५१ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ एसपिडब्लुजे (ए) की दिपा राई उत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद रु. ७ हजार ५ सय सहित ट्रफी प्राप्त गरिन्।त्यस्तै, एसपिडब्लुजे (ए) की कविता विक उत्कृष्ट गोलरक्षक घोषित हुँदै नगद रु. ५ हजार सहित ट्रफी हात पारिन भने सातदोबाटो एफसीकी रेजिना मगर प्रतियोगिताको उदाउँदो खेलाडी घोषित भइन् र उनले नगद रु. ५ हजार सहित ट्रफी प्राप्त गरिन्।

Post Comments