News रेड हर्षको अध्यक्षमा सेवक सर्वसम्मत
गोलनेपाल

इलाम । मोफसलको फुटबलमा परिचित रेड हर्ष फुटबल क्लब, इलामले नयाँ नेतृत्व पाएको छ । क्लबको अधिवेशन तथा वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित भएका सेवक देवानको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

त्यस्तै क्लबको वरिष्ठ उपाध्यक्षमा सुरज अधिकारी रहेका छन् भने उपाध्यक्षमा प्रितम लिम्बु रहेका छन् । कोषाध्यक्षमा अस्ना श्रेष्ठ, महासचिवमा प्रकाश घिमिरे र सचिवमा रकम शेर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा निरोज खड्गी, शिव तामाङ, सुवास अधिकारी, राजेश पराजुली र लिलाराज सुब्बा रहेका छन् । आफ्नो कार्यकालमा क्लबलाई थप नयाँ उचाई र सफलतामा पुर्याउने क्लबका नवनिर्वाचित अध्यक्ष सेवक देवानले बताए ।

स्मरण रहोस, रेड हर्ष फुटबल क्लबले वार्षिक रुपमा मोफसल कै चर्चित र प्रतिष्ठित मध्ये एकका रुपमा रहेको इलाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।

Post Comments