
ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल समीकरण पूरा भएको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३–० ले सजिलै हराएको छ ।
कीर्तिपुरको जितमा सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे । खेलको २९औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो । ३७औं मिनेटमा यसनले टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतीर इन्जुरी समयमा समीरले गोल गर्दै कीर्तिपुरलाई सहज जित दिलाए ।
जितसँगै समूह डिको विजेता बन्दै कीर्तिपुरले सेमिफाइनलमा स्थान पक्का गरेको छ । अब मंगलबार दिउँसो साढे ३ बजे कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालिकाको सामना गर्नेछ । काठमाडौँले चाँगुनारायण र मध्यपुर ठिमीलाई हराउँदै समूह बि को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
समूह डि मा कीर्तिपुरले दुई खेलमा चार अंक जोडेको छ । यो समूहबाट तारकेश्वर नगरपालिका र कोन्ज्योसोम गाउँपालिका भने समूह चरणबाटै बाहिरिएका छन् । तारेकेश्वरले २ अंक जोड्दा कोन्ज्योसोमले १ अंक जोडेको छ ।
यसअघि कीर्तपुर र कोन्ज्योसोमले ताकेश्वरसँग बराबरी खेलेका थिए । अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै