
सराई । एकतर्फी जित निकाल्दै रामपुर नगरपालिका पाल्पाको सराईमा जारी माथागढी कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माथागढी गाउँपालिका–३ स्थित सराई खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ रामपुरले घरेलु टोली माथागढी गाउँपालिका (बी) लाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा रामपुर नगरपालिकाका बसन्त राना म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २८ गते आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक माथागढी गाउँपालिका (ए) र तिनाउ गाउँपालिका बीच हुने खेल संयोजक तेज घर्ती मगरले जानकारी दिए ।
माथागढी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, माथागढी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ३१ गतेका दिन हुनेछ ।