News
फ्रेन्च लिगमा साबित्राको शानदार ह्याट्रिक
काठमाडौं । फ्रेन्च लिगतर्फ आफ्नो अन्तिम खेलमा गुइनग्याम्पका लागि नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले उत्कृष्ट ह्याट्रिक गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएकी छिन् ।
बुधबार भएको आफ्नो २२औं खेलमा गुइनग्याम्पले सेन्ट इटिनीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । गुइनग्याम्पका लागि साबित्राले ह्याट्रिक गरिन् । साथै युरोपियन फुटबलमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।
उता सेन्ट इटिनीका लागि अमेन्डिन लुईस र अडिले कनेसनले गोल गरेका थिए । यो जितका बावजुद २२ खेलबाट ९ अंक मात्र जोड्दै साबित्राको टोली गुइनग्याम्प पुछारमा रहेर लिगको समापन गर्यो । स्मरण रहोस, गुइनग्याम्प यसअघि नै रेलिगेशनमा परिसकेको थियो ।
पराजित सेन्ट इटिनी भने १७ अंकका साथ दशौं स्थानमा रह्यो । शिर्ष स्थानमा भने ६२ अंकका साथ लियोन रहँदै लिग च्याम्पियन बन्यो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने