फिदिम । एकतर्फी जितका साथ फिदिम स्र्पोटिङ क्लब, पाँचथर यहाँ जारी तेस्रो योङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा फिदिमले टु स्टार ग्रामीण सृजनशील क्लब, पाँचथरलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारको इमानसिंग रंगशालामा भएको खेलमा फिदिमका लागि नवराज गुरुङ्ग, दिपेश बेघा र आयुष राईले गोल गरे । खेलमा फिदिमका नवराज गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र २९ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक याङनाम फुटबल क्लब र न्यु पाथीभरा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
याङ्नाम फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश