घोडाघोडी । शुक्रबारदेखि शुरु भएको वडा अध्यक्ष कप यु–२० जिललास्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजक घोडाघोडी क्लबले विजयी शुरुवात गरेको छ ।
आयोजक क्लब कै घोडाघोडी खेलमैदानमा भएको उद्घाटन खेलमा घोडाघोडी क्लबले भजनी क्लबलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा घोडाघोडीले भजनीमाथि ७–६ को जित निकालेको हो ।
खेलमा घोडाघोडी क्लबका टेकेन्द्र बोहरा म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै घोडाघोडी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १६ गते शनिबारको खेल गौरीगंगा–११ र सहारा युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा
- घोडाघोडी महिला सेमिफाइनलमा, संघर्ष पुरुष क्वार्टरफाइनलमा; बिहीबार तीन खेल हुने