News
दक्षिणकाली नगरपालिकालाई डिसीसी कपको उपाधि

काठमाडौं । जिल्ला समन्वय समिति, काठमाडौंको आयोजनामा सम्पन्न भएको डिसीसी कप अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि दक्षिणकाली नगरपालिकाले जितेको छ ।
फाइनलमा दक्षिणकालीले चन्द्रागिरी नगरपालिकालाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा दक्षिणकालीले चन्द्रागिरीमाथि ४–२ को जित निकाल्दै उपाधि उचाल्यो ।
विजेता बनेको दक्षिणकाली नगरपालिकाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चन्द्रागिरी नगरपालिकाले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै