काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ सोमबार प्लानिङ ब्वाईज युनाइटेड र ब्रिगेड ब्वाईज क्लबले आ–आफ्नो खेलमा समान अन्तरको जित निकाल्दै खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा प्लानिङ ब्वाईजले झापा फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । प्लानिङ ब्वाईजका लागि फागुराम थारु र सुजन डंगोलले गोल गरे । उता झापाका लागि पुजन राईले एक मात्र गोल गरेका थिए ।
अर्को खेलमा ब्रिगेड ब्वाईजले श्री कुमारी क्लबमाथि समान २–१ को जित निकाल्यो । ब्रिगेड ब्वाईजका लागि दुवै गोल आशिष गुरुङ्गले गरे । उता पराजित श्री कुमारीका लागि भने प्रणय गुरुङ्गले एक मात्र गोल फर्काएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल १४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । लिग विजेताले उपाधिसहित १५ लाख हात पार्नेछ भने दोस्रो हुने टोलीले १० लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)