News
बी डिभिजन लिः उदघाटन खेल बराबरीमा सकियो
काठमाडौं । आइतबारदेखि शुरु भएको शहिद स्मारक बी डिभिजन लिगतर्फको उद्घाटन खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको च्यासल युथ क्लब र बिरगंज युनाइटेड बीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
त्यसअघि लिगको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जनले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा, महासचिव किरन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल १४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । लिग विजेताले उपाधिसहित १५ लाख हात पार्नेछ भने दोस्रो हुने टोलीले १० लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)