News
मलेसियामा हुने दोस्रो एन पेनाङ गोल्डकपको ट्रफी सार्वजनिक
काठमाडौं । एन पेनाङ फुटबल क्लब, मलेसियाको आयोजनामा हुने दोस्रो एन पेनाङ गोल्डकपको खुला नकआउट फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
पेनाङ शहर स्थित स्टेडियम मिनी पर्माटाङ रावामा मार्च ३१ र १ अप्रिलका दिन हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १५ हजार मलेसियन रिंगेट प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै फेयर प्ले टिमले १००० मलेसियन रिंगेट प्राप्त गर्नेछ ।
त्यस्तै चार विधाका उत्कृष्ट खेलाडीहरुले जनही ३००–३०० रिंगेट हात पार्दा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई जनही ५००–५०० रिंगेटसहित पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने