काठमाडौं । दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सनिष श्रेष्ठले पहिलो गोल गर्दा ७२औं मिनटमा स्टेफन जलिले दोस्रो गोल गर्दै टोलीको उपाधि सुनिश्चित गरेका थिए ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १५ लाख हात पार्यो भने उपविजेता त्रिभुवन आर्मीले ५ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । मच्छिन्द्रका छिरिङ गुरुङ फाइनल खेलको प्लेयर अफ दि म्याच बने ।
उत्कृष्ट गोलरक्षक मच्छिन्द्र कै विशाल श्रेष्ठ बन्दा उदियमान खेलाडी निराजन धामी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार स्टेफन जलिले हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिष श्रेष्ठ घोषित भए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल, भुटान र उज्वेकिस्तानका गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै